२४ श्रावण २०७८, आईतवार

काठमाडौं । सरकारलाई संघीयदेखि स्थानीय तहसम्मका हरेक सरकारी निकायबाट हुने कामकारबाही र गतिविधि जनताले थाहा पाउने गरी सीसीक्यामेरा राख्नुपर्ने माग गरिएको छ ।

राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले सो माग गर्नुभएको हो । आज आइतबार राष्ट्रियसभा बैठकमा डा. देवकोटाले सरकारी निकायबाट हुने सबै गतिविधि जनताले थाहा पाउने गरी सीसीक्यामेरा राख्न सरकारलाई सुझाव दिनुभएको छ ।

उहाँले जनताले अपेक्षा गरेअनुसारको सेवा नपाएको ठूलो गुनासो रहेको भनाइ राख्नुभयो। राज्यका हरेक अंग निरन्तर क्रियाशील र रचनात्मक हुनुपर्ने भन्दै उहाँले पारदर्शी र जवाफदेहिता पनि त्यत्तिकै आवश्यक रहेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV