२४ श्रावण २०७८, आईतवार

नयाँदिल्ली । जापानको टोकियोमा जारी ओलम्पिक प्रतिष्पर्धामा भारतले ‘ज्याभलिन थ्रो’ मा पहिलो स्वर्ण पदक जितेको छ ।

भारतीय खेलाडी निरज चोपडाले यो ऐतिहासिक उपाधि हात पारेका हुन् । शनिबारको खेलमा चोपडा ८७.५८ मिटर थ्रो सहित प्रथम भएका थिए । दोस्रो र तेस्रो क्रमश चेक रिपब्लिकका खेलाडी भएका थिए ।

चोपडाको यस जितपछि टोकियो ओलम्पिकमा भारतको एक स्वर्ण सहित जम्मा ७ पदक भएको छ । भारतले पाएको ऐतिहासिक स्वर्ण पदकका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले समेत खुसी व्यक्त गर्दै खेलाडी निरज चोपडालाई बधाइ तथा धन्यवाद ज्ञापन गरेका छन् ।

२३ वर्षीय निरज चोपडा भारतको हरियाणा राज्यको पानीपटमा जन्मिएका थिए। २०१६ देखि उनी भारतीय सेनामा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV