२३ श्रावण २०७८, शनिबार

काठमाडौं । लायन्स क्लव अफ काठमाडौं पूर्णताराले गोदावारीमा वृक्षरोपण गरेको छ । क्लवले शनिबार गोदावारीस्थित जय भद्रे सामुदायिक वनमा एक सय वटा विरुवा रोपेको हो ।

कोरोना महामारीका बेला बोट बिरुवाको महत्व बढेको कारण वृक्षरोपण गरिएको क्लवका अध्यक्ष अर्चना सिंह सिजापतिले बताउनुभयो । उक्त वृक्षरोपण कार्यक्रममा नेपाल प्रहरी र वन कार्यालयका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

वन कार्यालयको कर्मचारीहरुले वृक्षरोपण गर्ने तरिका समेत सिकाएको लायन्स डिस्ट्रिकबाट आएका पीएमसीसी गिरीधारी शर्माले बताउनुभयाे ।  लायन्स क्लव अफ काठमाडौं पूर्णताराले सामाजिक कार्यसँगै वृक्षरोपण पनि गर्दै आएको छ ।

‘प्रकृति बाँचे हामी पनि बाँच्छौँ’ भन्ने उदेश्यले वृक्षरोपण गरिएको क्लवले जनाएको छ । संस्थाले आगामी दिनमा अझै धेरै वृक्षरोपण गर्ने लक्ष्य लिएको क्लवकी अध्यक्ष सिजापतिले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV