२३ श्रावण २०७८, शनिबार

काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीको विरोधमा कपिलवस्तुमा प्रदर्शन भएको छ । जिल्ला भूमि अधिकार मञ्च कपिलवस्तुको आयोजनामा जिल्लाको बुद्धभूमि नगरपालिका गोरुसिंगे बजार आसपासमा विरोध प्रदर्शन गरिएको हो ।

सुरक्षित घर बास सबैलाई, खेतीयोग्य जमिन किसानलाई भन्ने मुल नाराका साथ गठित भूमि समाधान कार्यान्वयनका लागि बृहत खबरदारी अन्तर्गत प्लेकार्ड सहित आयोग खारेजविरुद्ध विरोध गरिएको हो ।

प्रदर्शनकारीले सरकारविरुद्ध नाराबाजी गरेका छन् । आयोग पुनसर््थापित नभएसम्म आन्दोलन गरिरहने उनीहरुले बताएका छन् ।

प्रदर्शनमा सहभागी भएकाहरुले आयोगमा भूमि अधिकार मञ्चको प्रतिनिधित्व निश्चित गर, भूमि सम्बन्धी स्थानीय सरकारको काम सुचारु गर, लगत संकलन नाप जाँच र पूर्जा वितरण लागु गर, अव्यबस्थित बसोवासीलाई पूर्जा देउलगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV