२३ श्रावण २०७८, शनिबार

भक्तपुर । नवदुर्गा भवानीलाई खँःम्ये चढाउने ब्यक्ति यो बर्ष अन्योलमा परेको छ । जिवित देवतानवदुर्गा नाँच देवगणको पूर्णतादिनबिजयादशमीको दिन देवगणले बलीलिने राँगो (खँःम्ये) दिने ब्यक्ति देवगणमा नकींको विवादले गर्दा अन्योलमा परेको हो ।

गथामग चर्हेको एक हप्ताभित्र राँगो नवदुर्गा द्योछेँमा भित्र्याउने चलन छ । त्यसको लागि स्थानीयजनताहरुले राँगो किनेर देवगणलाई चढाउने गरेको छ ।

यो बर्ष पुराने घर भक्तपुर घट्खा निवासी हाल सुर्यबिनायक नगरपालिका वडा नं. ६ घलाँते बस्ने बर्ष ४९का लक्ष्मण छुंजुले खँःम्ये (राँगो) चढाउने ब्यवस्था मिलाएको छ । लक्ष्मणका अनुसार राँगो ल्याउनको लागि अहिलेसम्म १ लाख २५हजार रुपौयाँ खर्च भईसकेको छ भने यो अन्योलले गर्दा अझ कति खर्च बढ्ने हो थाहा नभएको बताउँनु भयो ।

उहाँका अनुसार वडा कार्यालय, राजनितिक पार्टी, स्थानीय सरकार तथा बुद्धीजिविहरुले समन्वय गरी जात्रा जसरी भएपनि चलाउनै पर्छ । सबै जना मिलेर दुई पक्षलाई मिलाएर जात्रा सञ्चालन गराउने आस्वाशन पाएको छुंजुले जानकारी दिनु भयो । द्योछेंको नियमितपुजा सञ्चालन हुने अवस्था नभए सम्म राँगो द्योछेंमा ल्याउन नमिल्ने भएका कारण अरुलाई पाल्न दिईराख्नु पर्ने भएकाले खर्च अलि बढी लाग्ने सक्ने उहाँले बताउनु भयो ।

जति लागेपनि भगवानलाई चढाउने मनसायले ल्याई सकेको हुनाले छिटो विवाद समाधान गरी खँःम्येलाई द्योछेंमा बुझाउन पाए आनन्द हुने बताउनु भयो । खँःम्येलाई द्योछेंमा दिन दिनै नुहाई दिएर सफा सग्घर गरी पालेर राख्नु पर्छ ।

बिजयादशमीको महानवमीका दिन साँझ नवदुर्गा स्थान गछें द्योछेंबाट खँःम्ये जात्रा गरी ब्रम्हायणी पुर्याउने परम्परा छ । नवमीको राति नवदुर्गा देवगणले ब्रम्हायणी मन्दिर परिसरमा पूजा गरी बली चढाएपछि देवगणले पूर्णतापाउने परम्परा रहेको छ ।

बिजया दशमीको दिन देखि जिवित देवता नवदुर्गा नाँचको शुरुवात हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV