२३ श्रावण २०७८, शनिबार
  • ज्योती कुमार पन्थी,

बर्दिया । बर्दिया जिल्लाको बार बर्दिया नगरपालिकाले शारीरिक अशक्त भएकाहरूलाई ह्वील चियर वितरण गरेको छ ।

बारबर्दिया नगरपालिकाले नगपालिकाको बार्षिक कार्यक्रम अनुसार नगरपालिका भित्र बसोबसा गर्ने ‘क’ वर्गका शारीरिक अशक्त भएका २० जनालाई ह्वील चियर वितरण गरेको हो ।

नगरपालिकाभित्र बसोबास गर्ने र आफ्नो दैनिकी समेत गुजारा गर्न नसक्ने शारीरिक अशक्त ब्यक्तिहरूलाई ह्वील चियर वितरण गरिएको नगर प्रमुख दूर्गा बहादुर थारूले बताए ।

थारूले नगरका विभिन्न वडामा बसोबास गर्ने ‘क’ वर्गका शारीरिक अशक्त ब्यक्तिहरूलाई छनोट गरी २० जनालाई ह्वील चियर बितरण गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV