२३ श्रावण २०७८, शनिबार

काठमाडाैँ । बालाजुस्थित औद्योगिक क्षेत्रमा लागेको आगो करिब ९ घण्टापछि नियन्त्रणमा आएको छ ।

औद्योगिक क्षेत्रभित्र रहेको नेबिको बिस्कुट उद्याेगमा गएराति २ बजेदेखि आगो सल्किएकाे थियाे । दमकल, पानी ट्याङ्कर र हेलिकप्टरको समेत प्रयोग गरी झण्डै ९ घण्टापछि आगो  नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।

क्षेत्रफल ठूलो भएकाले निभाउन गाहे परेको प्रहरीको भनाइ छ । के कारणले आगलागी भयो भन्ने खुलेको छैन । क्षतिको विवरण सङ्कलनको काम भइरहेकोले वास्तविक विवरण दिन समय लाग्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV