२३ श्रावण २०७८, शनिबार

 बर्दिया । बर्दियाकाे बढैयाताल गाउँपालिकामा दलित महिलाकाे मानव अधिकार संरक्षणका लागि सराेकारवालासँग एक दिने अन्तरक्रिया समपन्न भएकाे छ ।

लामाे समयदेखि दलित महिलाकाे संरक्षणकाे विषयमा लामाे समय देखि वकालात गर्दै अाइरहेकाे दलित महिला संघले आयाेजना गरेकाे गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समिति संयाेजक दीपा गाैतमलगायत सराेकारवालाहरूकाे उपस्थिति उक्त अन्तरक्रिया सम्पन्न गरेकाे हाे।

कार्यक्रममा बढैयाताल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु शर्माले पछिल्लाे समय मधेसी दलित बालबालिकाहरूमा कुपाेषणकाे समस्या देखा परेकाे बताउनुभयाे ।

दलित महिला संघ बर्दियाकी अध्यक्ष हिमा सुनारले विगतका वर्षहरूमा भन्दा यसपटक गाउँपालिकाले दलितका कार्यक्रममा विशेष चासाे दिएकाे र उनीहरूका हक-अधिकारका लागि गाउँपालिका सदैव अग्रसर देखिएकाेले सिंगाे समुदायले खुसीकाे महसुस गरेकाे धारणा राख्नुभयाे ।

दलित महिला संघ बर्दियाले बर्दिया जिल्लाकाे गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकामा दलित समुदायकाे हक-अधिकार लगायत काेराना संक्रमणका विषयमा उनीहरूलाई परेका समस्याबारे विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV