२२ श्रावण २०७८, शुक्रबार

काठमाडौं । नेकपा (एमाले)को माधवकुमार नेपाल निकट युवा संघ नेपालले भदौ मसान्तसम्म केन्द्रदेखि स्थानीय तहसम्मै पिपुल्स भोलेन्टियर (पीभी) गठन गर्ने भएको छ ।

नेपाल निकट युवा संघको केन्द्रीय पदाधिकारी बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन गर्दै संघले साउन मसान्तभित्र सबै प्रदेश, भदौ १० गतेभित्र सबै जिल्ला र भदौ मसान्तसम्म सबै स्थानीय तहमा पीभी गठन गर्ने निर्णय गरेको हो ।

शिक्षा, स्वास्थ्य, सुशासन, वातावरण संरक्षण, उद्धार तथा राहतको कार्यमा परिचालन गरिने संघले जनाएको छ । ‘महिनामा २ दिन-२ घण्टा मेरो राष्ट्रका लागि’ भन्ने अभियान सञ्चालन गर्ने निर्णय भएको अध्यक्ष नरेशकुमार शाहीले बताए ।

नेपालमा बसोबास गर्ने र खोप लगाउन योग्य सबै समुदायहरूलाई छिटोभन्दा छिटो, सहज र सर्वसुलभ रुपमा खोपको व्यवस्था गर्न सरकारसँग माग समेत गरेको उनले बताए । संघले एमाले भइरहेको अन्तरसंघर्या र देखिएका समस्याका मूलरुपमा अध्यक्ष केपी ओलीको शैशीका कारण उत्पन्न भएको निष्कर्ष निकालेको शाहीले बताए ।

संघले मातहतका कमिटीमा भेला र बैठकहरु आयोजना गर्ने निर्णय गरेको छ भने अगस्त १२ का दिन अन्तर्राष्ट्रिय युवा दिवसलाई भव्य र प्रभावकारी ढंगले देशैभरी मनाउने निर्णय पनि गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV