२२ श्रावण २०७८, शुक्रबार

काठमाडौं । विदेशमा गएर कमाउने र परिवारलाई सुखका साथ पाल्ने सपनाबाट नेपाली युवाहरु अझै पनि वाहिर निस्कन सकेका छैनन् । त्यसमाथि यस्तो सपना पाल्दा ठगिनेहरुको संख्या पनि कमिलाको ताँती झै बढ्दो छ । अझ ठग्नेहरुले नयाँ नयाँ उपायहरु अपनाएर ठग्ने क्रम पनि उत्तिकै बढ्दो छ । वैदेशिक रोजगार विभाग नभइ कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएका कन्सलटेन्सीहरु पनि बिभिन्न देशमा लगेर राम्रो रोजगारी मिलाइदिने भन्दै ठग्ने क्रम बढेको छ । सहजै भुल्ने सोझो पाराले नछोड्दा र भ्रममा सहजै पर्दा धेरै नेपाली युवाहरुको जीवन चौपट बनेको छ । यस्तै एउटा घटनामा ३ सय बढी युवाहरुले ४ करोड बढी गुमाएका छन् भने श्रम स्वीकृति नै नभएका युरोपका मुलुकहरुमा राम्रो रोजगारी दिने प्रलोभन दिएर ठग्ने युरोटेक एण्ड करियर कन्सल्टेन्सीका सञ्चालक कर्मा तामाङ वेपत्ता भएका छन् । कर्मा वेपत्ता भएपछि ठगिएका युवाहरुको ओठ तालु सुकेको छ भने कर्मालाई खोजीदिन बिभिन्न निकायहरुमा गुहार माग्न थालेका छन् ।

कन्सलटेन्सीको नाममा म्यानपावरको धन्दा

काठमाडौँको चुच्चेपाटीमा रहेको युरोटेक एण्ड करियर कन्सल्टेन्सी सञ्चालन गर्दै आएका सञ्चालक कर्मा तामाङ करिव तीन सय जना यूवाको लाखौँ रकम ठगेर वेपत्ता भएका छन् । यूरोपका विभिन्न देशमा पु¥र्यादिने भन्दै उनी यूवाहरुबाट लाखौँ रकम ठगेर वेपत्ता भएका हुन् । उनले क्रोएसिया पठाइदिन्छु भन्दै ठगिएका अधिकांश युवाहरु न्यूज २४ को सम्पर्कमा आएका छन् । ठगिएका यूवाहरुले बताए अनुसार करिव तीन सय जनाबाट ४ करोड बढी रकम ठगेर कर्मा तामाङ यतिबेला फरार छन् । तामाङले नक्कली भिसा र हवाई टिकट देखाएर ठगी गरेको खुलेको छ ।

तामाङले श्रम स्वीकृति समेत नभएको देश पु¥याईदिने भन्दै यूवाहरुबाट ५० हजार देखि ५ लाखसम्म लिएका छन् ।

क्रोएसिया लाने भन्दै जनही चार लाख ठगी

नुवाकोट स्थाथी ठेगाना भई काठमाडौँको मैतीदेवीमा बस्दै आएका तामाङले चुच्चेपाटीमा अध्ययन अनुसन्धान तथा परामर्शमा लागि भन्दै कन्सल्टेन्सी चलाइरहेका थिए । उनले आफ्नो मेनपावर पनि रहेको र त्यसैबाट विदेश पठाईदिने प्रलोभनमा श्रम स्वीकृति नै नभएको क्रोएसियाका लागि ४ लाख सम्म असुलेका छन् । लकडाउनको पहिलो चरण सकिएसँगै युवाहरु जम्मा गर्न थालेको उनले चरण चरणमा गरी अहिलेसम्म तीनसय जना युवाहरु ठगिसकेका छन् ।

वाट्सएपबाट टिकट र भिषा पनि पठाइयो

आइतबार मात्रै झण्डै एक सय जनालाई टिकट भइसकेको भन्दै तामाङले आफ्नो कार्यालयमै बोलाए । उनले टिकट, भिसा र वीमापत्र समेत साथमा लिएर आउन भनेका थिए । हवाई टिकट आईतबार दिउँसो, साँझ र राति गरि तीन लटमा रहेको खबर गरेका थिए । तामाङले वाट्सएप मार्फत ती युवाहरुलाई टिकट र भिसा पठाएका थिए । यो खबरपाएपछि युवाहरु पनि विदेश उड्ने सपना बोकेर शहर पसे । तर, तामाङ भने शनिबारबाट बेपत्ता भए । त्यसपछि शंका लागेर केही युवाहरु बुझ्न श्रम विभाग नै पुगे । तर, श्रम विभाग पुगेपछि मात्रै आफुहरु ठगिएको थाहाँ पाए । त्यसपछि युवाहरुको सपना सबै भत्किए, पर्खाल भत्किए जसरी । ऋण तिर्ने सपना, घर बनाउने सपना, छोराछोरीलाई पढाउँने सपना बोकेकाहरुको सपना सबै चकनाचुर भयो ।

अहिले यी युवाहरु न्यायाका लागि भौतारिरहेका छन् । तर, संचालक तामाङ भने कन्सल्टेन्सी नै बन्द गरेर फरार छन् । यद्यपी उनी भारतमा रहेको बुझिएको छ । यता, पीडित युवाहरुले महानगरीय अपराध महाशाखामा टेकुमा कर्मा तामाङबाट ठगिएको भन्दै उजुरी दिएका छन् ।

भिडियाे –

प्रतिक्रिया दिनुहोस्

LIVE TV