२२ श्रावण २०७८, शुक्रबार

काठमाडौँ । प्रमुख राजनीतिक दलभित्रको समावेशी र लोकतान्त्रीकरणमा खासै ध्यान नपुगेको पाइएको छ । २०६२/६३ को जनआन्दोलनपछि समावेशीकरणको मुद्दा राष्ट्रिय राजनीतिको बहसको विषय बनेपछि नीतिगत रूपमा केही दलले पार्टीभित्रको समावेशीकरणमा आरक्षण लागू गर्न बाध्य भए तर समग्रमा दलभित्रको समावेशीकरणको अवस्था सन्तोषजनक पाइँदैन ।

नेपाली काँग्रेसको १०३ सदस्यीय केन्द्रीय समितिमा दलित तीन महिला र तीन पुरुषको सहभागिता छ । सो सहभागिता आरक्षणको व्यवस्थाअनुरूप प्रतिनिधित्व गराइएको हो । २२ जनाको आमन्त्रित केन्द्रीय सदस्यमा दलितको प्रतिनिधित्व छैन । काँग्रेसले आगामी महाधिवेशनबाट सहमहामन्त्रीमा एक जना दलितको अनिवार्य व्यवस्था गरेको छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन परियारले भन्नुभयो, “प्रमुख राजनीतिक दलहरूमध्ये सबैभन्दा समावेशीकरण विधान नेपाली काँग्रेसको छ । संविधानको भावनाअनुसार केन्द्रीय पदाधिकारीदेखि पार्टीका सबै तहमा दलितको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । काँग्रेसको पदाधिकारीमा अब दलितको प्रतिनिधित्व हुँदैछ । ” यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV