२१ श्रावण २०७८, बिहीबार
  • तारा आचार्य,

विराटनगर । भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेकपा एमाले निकट अखिल नेपाल किसान संघले जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र बुझाएको छ ।

अखिल नेपाल किसान संघ मोरङ जिल्ला संयोजक देवेन्द्र पौडेल नेतृत्वको टोलीले मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलालाई ज्ञापनपत्र बुझाएको हो । भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्दा हजारौं भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीहरु प्रभावित हुने भएकाले निर्णय सच्याउन आग्रह गरिएको छ ।

भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरुको तथ्यांक संकलनका साथै भूमिको नाँपजाँच समेत भइसकेको अवस्थामा उनीहरुले जग्गा प्राप्ती गर्ने बेलामा आयोग नै खारेज गरिनु गलत भएको ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापन पत्रमा आयोग पुनर्बहाली नगरिए आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिइएको छ । मोरङमा १७ मध्ये १५ वटा पालिकाहरुसँग भूमि सम्बन्धी समस्या समाधान आयोगले सुकुम्बासीको तथ्याङ्क संकलन र जग्गा नापजाँच बारे सम्झौता गरिसकेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV