२१ श्रावण २०७८, बिहीबार

विराटनगर । प्रदेश सुरक्षा समितिको बैठकले कोभिड- १९ को तेश्रो लहरको सम्भावना बढ्दै गएकाले संक्रमण नियन्त्रणको पूर्व तयारी, न्यूनीकरणका लागिआवश्यक तयारी गर्ने निर्णय गरेको छ ।

विराटनगरस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बसेको बैठकले कोरोना ओपिडी संचालन गर्ने व्यवस्था मिलाउने निर्णय समेत गरेको छ । मन्त्रालयका सचिव राजेन्द्र पौडेलका अनुसार सो बैठकले कोरोना विरुद्धको खोपको दुरुपयोग हुनन दिन जिल्लास्थित सुरक्षा प्रमुखहरुले नियमित अनुगमन गर्ने, खोपको तथ्यांक सार्वजनिक गर्ने तथा कोरोना नियन्त्रणका लागि विभिन्न पालिकाले गरेको निषेधाज्ञामा एकरुपता ल्याउन समन्वय गर्ने निर्णय पनि गरेको छ ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीको अध्यक्षतामा बसेको बैठकले मनसुनजन्य विपदबाट हुन सक्ने क्षति रोक्न प्रतिकार्य योजनालाई पनि कार्यान्वयन गर्ने निर्णय गरेको सचिव राजेन्द्र पौडेलले बताउनु भयो । सो बैठकमा प्रदेशको सुरक्षा व्यवस्थाकाे समीक्षा गरिएको थियो ।

बैठकमा प्रमुख- १ का प्रमुख सचिव, सुनसरी र मोरङका प्रमुख जिल्लाअधिकारीहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका वरिष्ठ अधिकृतहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV