२० श्रावण २०७८, बुधबार

एजेन्सी । बलिउडका चर्चित र्‍यापर हनि सिंह समय समयमा विवादमा आइरहने गायक हुन् ।

हनि कहिले कलाकारसँग झगडा गरेको कुराले त कहिले गीतमा विवादास्पद शब्द भरेक कारण विविदमा आउने गर्छन् । यस पटक भने उनले लामो समयदेखि श्रीमती शालिनीमाथि घरेलु हिंसा गरेको विषय बाहिरिएको छ ।

श्रीमती शालिनीले हनिविरुद्ध घरेलु हिंसाको मुद्दा हालेकी छन्। शालिनीले आफू लामो समयदेखि हनि सिंहको हिंसामा परिरहेको आरोप लगाउँदै अदालतमा मुद्दा दर्ता गरेकी खबर भाउतीय मिडियामा उल्लेख छ ।

हनि लागु औषधको कुलतमा फसेका थिए । उनलाई सामान्य अवस्थामा आउन १८ महिना लागेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV