२० श्रावण २०७८, बुधबार

काठमाडौं । पुराना निर्देशक उमेशनाथ अर्यालको निधन भएको छ । अभिनेता सरोज खनालले सोसल मिडिया फेसबुकमार्फत् निर्देशक अर्यालको निधन भएको पुष्टि गरेका हुन् । उनका अनुसार बुधबार (आज) विहान हृदयघातका कारण निर्देशक अर्यालको निधन भएको हो ।

अभिनेता खनालले निर्देशक अर्यालको निधनप्रति दुःख ब्यक्त गर्दै लेखेका छन्, ‘मेरा आदरणीय गुरु उमेशनाथ अर्याल जसले ‘भीडदेखि भीडसम्म’, ‘बन्धकमा परेको जीवन’, ‘आकाश पनि चुप छ’, ‘पिजडा’ र अन्य थुप्रै कालजयी टेलिफिल्महरुको लेखन एवं निर्देशन गर्नुभएको थियो । केही दिनअघि परेको गुरु पूर्णिमाको दिन म उहाँको आशिर्वाद लिन उहाँको निवास गएको थिए । आज बिहान हृदयघातका कारणले उहाँको स्वर्गारोहण भएकाले आफ्नो अभिभावक गुमाउनुपरेको पीडाबोध भैरहेछ ।’

निर्देशक अर्यालको निधनप्रति सरोज खनाल, दीपाश्री निरौलालगायत नेपाली फिल्म उद्योगका विभिन्न ब्यक्तिहरुले सामाजिक सञ्जाल मार्फत् शोक ब्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV