२० श्रावण २०७८, बुधबार

काठमाडौं । नागरिकता विधेयक चाँडो पारित गर्न माग गर्दै काठमाडौंको माइतीघरमा धर्ना दिइएको छ । ‘नागरिकताविहीन नेपालीहरु’ समूहले बुधबार माइतीघर मण्डलामा दबाबमूलक धर्ना दिइएका हुन् ।

नेपालको संविधान २०७२ को भाग २ धारा ११ को उपधारा ३ र ५ कार्यान्ययन गर्न र छिटोभन्दा छिटो नागरिकता ऐन संसोधन गर्न पनि उनीहरुले माग गरेका छन् ।

प्रर्दशनमा सहभागीहरुले आफूहरुले नागरिकता नपाएको भन्दै विगतको दिनमा नागरिकता नपाएर गुमाएका सेवा सुविधाको क्षतिपूर्ति पाउनुपर्ने समेत सरकारसँग माग गरेका थिए ।

संविधानबमोजिम जन्मसिद्ध नागरिकका सन्तान र आमाको नामबाट नागरिकता नपाउँदा आफुहरू राज्यविहीन हुन पुगेकाले विरोध गर्नुपरेको प्रर्दशनकारीको भनाइ छ ।

नेपालमा जन्मसिद्ध सन्तानको आधारमा नागरिकता नपाउनेको संख्या ६ लाख र आमाको नामबाट नागरिकता नपाउने ५ लाख ८० हजार रहेको प्रदर्शनमा सहभागीहरुले बताएका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV