२० श्रावण २०७८, बुधबार

काठमाडौं । अभिनेत्री गरिमा पन्त आमा बनेकी छिन् । ५ वर्ष अगाडि बेल्जियममा बस्दै आएका हरि थपलियासँग बिहे गरेकी उनले सामाजिक संजालमा आफ्नो छोरीको तस्वीर सार्वजनिक गरेकी छन् ।

सामाजिक संजालमा गरिमाले लेखेकी छिन्–‘तिम्रो आगमनले हामी धन्न अनी भरिपूर्ण भएका छौं । छोरी प्रिषा, तिमीलाई यो सुन्दर धर्तीमा स्वागत ।’

चलचित्र ‘तीन घुम्ती’ पछि गरिमाले अरु चलचित्रमा काम गरेकी छैनन् । उनले, ८ बर्ष अगाडि रिलिज भएको चलचित्र ‘झोला’बाट ‘राष्ट्रिय चलचित्र अवार्ड’ समेत पाएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV