२० श्रावण २०७८, बुधबार

काठमाडाैँ । नागरिकताविहिन नेपालीहरूले संविधानमा लेखिएको जन्मसिद्धको आधारमा नागरिकता पाउने हकबाट वञ्चित गरिएको भन्दै विराेध प्रदर्शन गरेका छन् । माइतीघर मण्डलामा बुधबार ११ बगे भेला भएका प्रदर्शनकारीहरूले विरोध जुलुससहित नयाँ बानेश्वरकाे संसद भवन अगाडि पुगी धर्ना दिएका थिए ।

उनीहरूले २०७० सालदेखि नै यस्ताे नागरिकता पाउनका लागि पहल गरिरहेकाे बताए । ‘जिल्ला कार्यालय पनि बारम्बार धायौं, त्यहाँबाट हामीलाई फर्काइयो, त्यसपछि हामी सर्वोच्चमा पनि पुग्यौं,’ एक प्रदर्शनकारीले भने, ‘सर्वोच्चमा दुई वर्षदेखि पेसीमा बस्यो । सर्वोच्चले पनि न्याय दिन सकेन । अहिलेसम्म पनि नागरिकता विधेयक पास भएको छैन ।’

उनले हजुरबुबा-आमाहरू नेपालको नागरिक भएर पनि आफूले चाहिँ अनागरिक बाँच्नुपरेकाे बताए । ‘तपाईंहरुसँग नागरिकता छ, सायद तपाईंहले कोरोनाविरुद्धको भ्याक्सिन पाइक्नु भयो होला,’ उनले थप भने,  ‘तर के यो सरकारले हामीलाई नागरिकताविना भ्याक्सिन दिन्छ ? हामीले बैंक खाता खोल्न सकेको छैनौं, टिकट काट्न सकेका छैनौं । हाम्रो हातखुट्टा बाधेँर मुख थुनेर राखिदिएको छ यो सरकारले ।’

संविधानले व्यवस्था गरे पनि नागरिक्ता सम्बन्धी विधेयक पारित नहुँदा धेरै नेपाली मर्कामा परेकाे भन्दै उनीहरूले चाँडोभन्दा चाँडो उक्त विधेयक पारित गर्न माग गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV