१९ श्रावण २०७८, मंगलवार

काठमाडौँ । सरकारले स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा.आरपी बिच्छालाई जिम्मेवारी दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उच्च स्रोतका अनुसार उनलाई महानिर्देशकको जिम्मेवारी दिइएको हो ।

यसअघि उनी कान्ति बाल अस्पतालको निर्देशकको रुपमा काम गरिरहेका थिए। उनको पदावदी सकिन केही महिना मात्रै बाँकी छ ।

विभागको जिम्मेवारी सम्हालेका डा. दिपेन्द्रमरण सिंहलाई भने मन्त्रालय ल्याइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV