१९ श्रावण २०७८, मंगलवार

काठमाडौँ । सरकारले रेल विभागका महानिर्देशकलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले महानिर्देशक गुरु भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

विभागले विभिन्न ठेक्कापट्टाका विषयमा निकै नै चलखेल गरेको गुनासो सुनिँदै आएको थियो । विशेषगरी काँकडभिट्टादेखि सुनसरी–इनरुवासम्मको रेल्वे लाइनसम्बन्धी ठेक्कामा चलखेल भएको बताइँदै आएको छ ।

सरकारले उनलाई पदबाट हटाउने योजनाका साथ स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV