१९ श्रावण २०७८, मंगलवार

एजेन्सी ।भारतीय गायक तथा संगीतकार अनु मलिकमाथि इजरायलको राष्ट्रिय गीतको संगीत चोरेको आरोप लगाइएको छ ।

जापानको राजधानी टोकियोमा इजरायलका खेलाडी अर्टम डोल्गोपिटले गोल्ड मेडल जितेपछि इजरायलको राष्ट्रिय गीत ‘हातिकवाह’ बजियो । उक्त गीत बजेपछि ट्विटरमा अनु मलिकले इजरायलको राष्ट्रिय गीतको संगीत चोरेको भन्दै ट्रोल भैरहेको छ ।

अजय देवगणको मुख्य भूमिका रहेको चलचित्र ‘दिलजले’मा ‘मेरा मुल्क मेरा देश मेरे ये वतन’ गीत समावेस गरिएको छ । उक्त गीतमा इजरायलको राष्ट्रिय गीतको संगीत भरेको जनाइएको छ । यो चलचित्र सन् १९९६ मा रिलिज भएको थियो ।

यसअघि अनु मलिकको ‘राजाको रानी से प्यार हो गया, मेरा पिया घर आया, ये काली काली आँखे, तारे हे बाराती चाँदनी लगायत बोलको गीतलाई पनि चोरीको आरोप लागेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV