१९ श्रावण २०७८, मंगलवार

काठमाडौं । ललितपुर महानगरपालिकाले ‘एलएमसी पुलिस एक्सन टिम’ गठन गरेको छ। नगर प्रहरीको कार्यमा तिब्र बनाउँदै सेवालाई थप प्रभावकारी बनाउन नयाँ टिम गठन गरिएको हो। सोमबार बिहान महानगरपालिका प्रमुख चिरफबाबु महर्जनले टिमको शुभारम्भ गरेका थिए।

महानगरपालिकाको प्रहरी प्रमुखमा पूर्व प्रहरी निरीक्षक सिताराम हछेथु नियुक्ति भएदेखि उनले ललितपुर महानगरपालिका व्यवस्थापन र सुरक्षाको लागि विभिन्न कामहरू गरिरहेका छन्। जसको पछिल्लो उदाहरण एलएमसी पुलिस एक्सन टिम हो।

नगरबासीको समस्या तत्काल सहजिकरण गर्ने, शहरलाई सुन्दर र व्यवस्थित गर्न टिम गठन गरेको बताइएको छ। टिमले नगर विकास अभियानमा विरोध पुर्‍याउने व्यक्तिलाई कानुनी दायरमा ल्याउने, विपदमा परेकाहरूको उद्धार गर्ने, सार्वजनिक जग्गा अतिक्रमण हुनबाट रोक्ने लगायतका काम गर्नेछ ।

प्रहरी टोलीलाई महानगरपालिकाले टोलीलाई ज्याकेट, गोप्रो क्यामेरा र अग्नि नियन्त्रणमा आवश्यक पर्ने उपकरणहरु पनि वितरण गरिएको छ। महानगरले गठन गरेको उक्त टोलीमा ११ जना पुरूष र ४ जना महिला नगर प्रहरी रहेका छन् । यसअघि ललितपुर महानगरपालिकाको नगर प्रहरी प्रमुखमा नियुक्त भएर आएका सिताराम हाछेथुले नगर प्रहरीको पोशाक परिवर्तन गरेका थिए ।

नागरिकले नगर प्रहरीलाई हेर्ने दृष्टिकोण बदल्नका लागि पोशाक परिवर्तन गरिएको भन्दैं उनले नगर प्रहरीको पुरानो पोशाक परिवर्तन गरेर नयाँ लागू गरेका हुन्। ललितपुरमा हाल ७२ जना नगर प्रहरी कार्यरत छन्। महानगरपालिकाले नगर प्रहरी प्रमुख हाछेथुको करार थप एक वर्ष थपेको छ। महानगरको मेयरस्तरीय बैठकले उनले कार्यकाल एक वर्ष थप्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV