१८ श्रावण २०७८, सोमबार

नेपाली चलचित्र उद्योगको ‘पर्यावाची’ नामका रुपमा परिचित व्यक्ति हुन् राजेश हमाल । नेपाली चत्रचित्र उद्योगका हस्ती महानायक हमाल चलचत्र बाहेक सामाजिक कार्यमा पनि उत्तिकै व्यस्त व्यक्ति छन् ।

न्यूज २४ को ‘ई टक’ कार्यक्रममा बोल्दै हमाल कोरोना महामारी साम्य हुने वित्तिकै आफु पनि नयाँ चलचित्रमा आउने बताएक छन् । करिब ५ वर्ष देखी फिल्ममा नदेखिएका हमाल, आफु चलचित्रबाट टाडिँनुको कारण समयलाई मान्छन् ।

पछिल्लो समय कलाकारहले चलचित्र मेकिङमा लाग्ने होड चडेको बेला आफुलाई पनि चलचित्र मेकिङमा लाग्ने सम्भावना रहेको बताएकाछन् । चलचित्रको कथाहरु सिमितता हटेको कारण पनि म मेकिङमा आउने सम्भावना बढी छ, हमालले भने ।

पहिलो चरणको कोरोना महामारीको बन्दाबन्दी पनि म्यूजिक भिडियो देखिन थालेका हमालले ‘प्रोडक्टिभ’ हुन र आफुलाई रमाइलो लाग्ने भएर म्यूजिक भिडियोमा समेत अभिनय गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV