१८ श्रावण २०७८, सोमबार

पोखरा । गण्डकी प्रदेशमा नियुक्त भएका नयाँ प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पदबहाली गरेका छन् । साउनमा १२ मा प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीमा पृथ्वीमान गुरुङलाई नियुक्त गर्नुभएसँगै आज सोमबार गुरुङले पदबहाली गरेका हुन् ।

पदबहालीका क्रममा प्रदेश प्रमुख गुरुङले संघीय लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न सदैव अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

राष्ट्रपति भण्डारीले निवर्तमान प्रदेश प्रमुख सीताकुमारी पौडेललाई पदमुक्त गर्नुभएको थियो । यसअघि २० वैशाखमा अमिक शेरचनलाई पदमुक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले पौडेललाई प्रदेश प्रमुख नियुक्त गर्नुभएको थियो ।

सबैभन्दा बढी प्रमुख फेरिनेमा गण्डकीमा चौथो पटक प्रदेश प्रमुख फेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV