१८ श्रावण २०७८, सोमबार

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद विस्तारबारे गठबन्धन दलका तीन शीर्ष नेताबीच छलफल सुरु भएको छ । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भइरहेको छ ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह सरकारमा सहभागी नहुने र नेपाल समूहकै कारण मन्त्रिपरिषद विस्तार ढिलाई भएपछि अब ढिलाई गर्न नहुने भन्दै शीर्ष नेताहरुबीच छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV