१८ श्रावण २०७८, सोमबार

काठमाडौँ । नेपाल ¥याफ्टिङ्ग तथा क्यानोईङ्ग संघका महासचिव सुदीप राज गौतम बिश्व र्‍याफ्टीङ्ग महासंघको बोर्ड सदस्यमा चयन भएका छन् ।

बिश्व ¥याफ्टिङ्ग महासंघको चुनावी साधारण सभाले चार बर्ष ९२०२१ – २०२४० का लागि एशियन कन्टिनेन्टको कोटाबाट गौतमलाई महासंघको बोर्ड सदस्यमा चयन गरेको हो । महासंघको बोर्ड सदस्यमा चयन हुने गौतम पहिलो नेपाली हुन् ।

फ्रान्समा आयोजना भएको बिश्व र्‍याफ्टीङ्ग च्याम्पियनसिपका दौरान भएको साधारण सभाले महासंघको अध्यक्षमा ईटालीका बारमाज डानिलोलाई दोश्रो कार्यकालको लागि पुनः अध्यक्षमा चयन गरेको थियो ।

नेपालमा ¥याफ्टिङ्गमै आफ्नो जीवन व्यतित गरेका गौतम र्‍याफ्टीङ्ग खेलको विकास र विस्तारमा अहोरात्र लाग्दै आई रहेका छन् । गौतम ¥याफ्टिङ्ग तथा क्यानोईङ्ग संघको संस्थापक सदस्य समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV