१८ श्रावण २०७८, सोमबार

काठमाडौँ । दार्चुलास्थित महाकाली नदीमा भारतीय पक्षले तुइन काटेको घटनाको विरोधमा काठमाडौँस्थित भारतीय राजदूतावास कार्यालय अगाडि प्रदर्शन गरिएको छ ।

सोमबार अखिल क्रान्तिकारीले तुइन काटेर जयसिंह धामीलाई महाकालीमा बेपत्ता पारिएको भन्दै उक्त घटनाका दोषीलाई कारबाही माग गर्दै प्रदर्शन गरेको हो । भारतीय विस्तारवाद मुर्दावाद लगायत नारा अंकित ब्यानरसहित विरोध प्रदर्शन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV