१७ श्रावण २०७८, आईतवार

एजेन्सी । चीनमा बलात्कारको आरोपमा पप गायक पक्राउ परेका छन् ।

एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाइएको छ । एक विद्यार्थीले दुई वर्षअघि आफू १७ वर्षको हुँदा गायकले आफूमाथि बलात्कार गरेको आरोप यसै महिनाको सुरुमा लगाएकी थिइन्।

बीबीसीका अनुसार त्यसपछि कम्तीमा दुई दर्जन महिलाहरूले वुमाथि अनुपयुक्त व्यवहार गरिएको आरोप लगाएका छन्। तर वुले सबै आरोप अस्वीकार गरेका छन्। एक दर्जन विश्व प्रतिष्ठित ब्रान्डहरूले घटनापछि वुसँग आफ्नो व्यापारिका सम्झौता अन्त्य गरेको जनाएको छ।

पहिलो पटक आरोप लगाउने १९ वर्षीया विद्यार्थीले सामाजिक सञ्जालमा वुको घरमा आयोजित पार्टीमा आफूलाई बोलाएको र मदिरा सेवन गर्न दबाव दिएर बलात्कार गरेको बताएकी छन् ।

वुमाथि सात जना अरू महिलाले पनि सम्बन्ध राख्न बाध्य पारेको आरोप लगाएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV