१७ श्रावण २०७८, आईतवार

काठमाडौं । तुलसीलाल स्मृति प्रतिष्ठानको भवन च्यासल ललितपुरमा नेकपा (एमाले)को स्थायी कमिटी बैठक सुरु भएको छ।

पार्र्टी एकताका कारण शनिबार स्थगित गरेर आइतबारका बोलाइएको बैठकमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष बामदेव गौतम, रामबहादु थापा ‘बादल’, सुबास नेम्वाङलगायत नेताहरु सहभागी भएका छन् ।

जारी बैठकले पार्टीको विधान अधिवेशनको तयारी, विभागहरूलाई पूर्णता दिनेलगायतका विषयमा छलफल हुने बताइएको छ । शनिबार अनौपचारिक रुपमा बसेको बैठकले आइतबारसम्म वरिष्ठ नेता माधवकुमार नेपाल पार्टीमा आए स्वागत नआए निर्णयहरु अघि बढाइने छलफल भएको थियो ।

विशेषगरी आजको बैठकमा एमालेभित्रको आन्तरिक कलह हल गर्नका लागि गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्तावबमोजिम निर्णयहरु अघि गरिने बताइएको छ । १० बुँदे सहमतिअनुरुप नै विभिन्न आयोग गठन, केन्द्रीय विभागहरुको पूर्णता र प्रदेश कमिटीहरुको अनुमोदनबारे छलफल हुने बताइएको छ।

आजको बैठकमा नेपाल समूहका नेताहरु अनुपस्थित रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV