१७ श्रावण २०७८, आईतवार

काठमाडौं । हाँस्य कलाकार किरण केसी (ए राता मकै)लाई यस वर्षको ‘बासुदेव लुइँटेल पुरस्कार’बाट सम्मान गरिने भएको छ ।

कलाकार केसीलाई ‘बासुदेव–विद्यादेव लुइँटेल गुठी’ले नगद १ लाख ११ हजार १११ रुपैयाँ, प्रतिक चिन्ह र कदरपत्रसहित सम्मान गर्ने निर्णय गरेको हो ।

गुठीले बासुदेव लुइन्टेलको जन्मदिनको अवसरमार एक कार्यक्रमको आयोजना गरी उक्त पुरस्कारबाट कलाकार केसीलाई सम्मान गर्ने जनाएको छ ।

गुठीले हाँस्यब्यङ्ग्य, साहित्य, कला एवं अभिनयको क्षेत्रमा कार्यरत सिर्जनशील प्रतिभाहरुमध्येबाट एक जनालाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV