१६ श्रावण २०७८, शनिबार

काठमाडौं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन शीर्ष स्थानमा रहेको छ । शुक्रबार १९ स्वर्ण पदकसहित शीर्ष स्थानमा रहेको चीन शनिबार थप दुई स्वर्ण पदकसहित शीर्ष स्थानमा उक्लिन सफल भएको छ ।

शनिबार थप २ दुई स्वर्ण पदकसँगै अहिलेसम्म चीनले २१ स्वर्णसहित १३ कास्य र १२ रजत गरी ४६ पदक प्राप्त गरेको छ ।

चीनपछि स्वर्ण पदक पाउने दोस्रो स्थानमा जापान रहेको छ । हालसम्म जापानले १७ स्वर्ण, ५ रजत र ८ कास्य गरी ३० पदक प्राप्त गरेको छ भने पदक पाउने श्रेणीमा चौँथो स्थानमा रहेको छ ।

स्वर्ण पदक तेस्रो स्थानमा अमेरिका रहेको छ । हालसम्म अमेरिकाले १६ स्वर्ण, १७ कास्य र १३ रजत गरी ४६ पदक प्राप्त गरेको छ ।

धेरै पदक पाउने चौँथो स्थानमा रसिया रहेको छ । रसियाले शनिबारसम्म ११ स्वर्ण, १५ रजत र ११ कास्य गरी ३७ पदक प्राप्त गरेको छ ।

यसैगरी पाँचौँ स्थानमा अष्ट्रेलियाले १० स्वर्ण, ३ रजत र १४ कास्य गरी २७ पदक प्राप्त गरेको छ । छैटौं स्थानमा बेलातले ८ स्वर्ण, ९ रजत र ११ कास्य गरी २८ पदक प्राप्त गरेको छ ।

सातौँ स्थानमा दक्षिण कोरिया रहेको । दक्षिण कोरियाले शनिबारसम्म ५ स्वर्णसहित ४ रजत र ७ कास्य गरी १६ कास्य पदक प्राप्त गरेको छ । आठौँ स्थानमा फ्रान्स रहेको छ । फ्रान्सले ४ स्वर्ण, ९ रजत र कास्य गरी १९ पदक प्राप्त गरेको छ ।

नवौँ स्थानमा रहेको नेदरल्याण्डसले ४ स्वर्ण, ७ रजत र ५ कास्य गरी १६ पदक प्राप्त गरेको छ । दशौँ स्थानमा रहेको न्यूजल्याण्डले ४ स्वणसहित ३ रजत र ३ कास्य गरी १० पदक जित्न सफल भएको छ ।

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भए पनि उनीहरु खेलबाट बाहिरिइसकेका छन् । नेपालबाट सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंह तथा एथलेटिक्सकी सरस्वती चौधरी ओलम्पिकमा सहभागी भएका थिए ।

परियारले महिला १० मिटर एयर राइफल, भट्टले महिला ४८ किलो तौल समूह, शाहले १०० मिटर फ्रि स्टाइल, सिंहले १०० मिटर फ्रि स्टाइल तथा चौधरीले १०० मिटर दौडमा प्रतिस्पर्धा गरेका थिए ।

पाँच खेलाडीमध्ये एलेक्स र गौरिकाले राष्ट्रिय कीर्तिमान रच्न सफल भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV