१६ श्रावण २०७८, शनिबार
  • युवराज आचार्य,

झापा । झापाको विर्तामोड नगरपालिकाको विर्तामोड स्वास्थ्य शाखाका कोरोना फोकल पर्सनकोे कारवाहीको माग गर्दै झापाको बिर्तामोड नगरपालिकामा अनिश्चितकालको लागि तालाबन्दी गरिएको छ ।

सर्वसाधारणका लागि आएको खोप होटलमा लुकाएको अभियोगमा पक्राउ परेका बिर्तामोड नगरपालिका कोरोना फोकल पर्सन ओम खड्कामाथि कारवाहीको माग गर्दै स्थानीय युवा र विद्यार्थी संगठनले शनिबार नगरपालिकामा तालाबन्दी गरेका छन् ।

शुक्रबार विर्तामोड स्वास्थ्य शाखाका फोकल पर्सन खड्का २ सय डोज खोपसहित होटल टाइमलेसमा भेटिएका थिए । कोरोनाको खोप लुकाएको अभियोगमा पक्राउ परेका खड्का शुक्रबार नै छोडिएपछि उनलाई उन्नमुक्ती दिन खोजिएको भन्दै विद्यार्थी संगठनहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको नेविसंघ झापका सभापति राजेन्द्र उप्रेतीले जानकारी दिए ।

यता विर्तामोड नगरपालिकाका कोरोना फोकल पर्सन खड्काले भने आफूमाथ गलत आरोप लागेको बताए । प्रहरीले खड्कालाई नियन्त्रणमा लिएर स्वास्थ्य कार्यालय झापामा कारबाहीका लागि बुझाएपनि कार्यालयले खोप जिल्लाबाट वैधानिक रूपमा पठाइएको भन्दै घटनाको ढाकछोप गर्ने प्रयत्न गरेको छ ।

यता जिल्ला कोभिड खोप व्यवस्थापन समितिको आज बसेको बैठकले सहायक प्रजिअ तिलोचन रिमालको संयोकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV