१६ श्रावण २०७८, शनिबार

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई भुटान र माल्दिभ्स तथा मौरिसससँगै तुलना गरेर एक ट्विट गरेका छन् । उनले यी सबै आफ्ना छिमेकी मात्रै नभएर धेरैका कुरामा समानता रहेको समेत उल्लेख गरेका छन् ।

केही पर्दा एकले अर्कोलाई मद्दत गर्ने हाम्रो संस्कार रहेको भन्दै उनले यी देशहरुसँग साथसाथै रहेको बताए ।

‘भूटान होस्, नेपाल होस्, माल्दिभ्स होस् या मोरिसस, हामी केवल छिमेकी मात्र नभएर हाम्रो सोच र सामाजिक तानाबानामा पनि धेरै समानता रहेको छ,’ उनले भनेका छन्, ‘हामी सबै सुख-दुःखका साथी हाैँ, जब कुनै आपत-विपद आउँछ, तब सबैभन्दा पहिले हामी नै एक-अर्कालाई सहयोग गर्छौं ।’

यद्यपि मित्रता दिवसको भोलिपल्ट आएको  उनको यो ट्विट कुन सन्दर्भमा आयो भन्ने केही खुलाइएको छैन ।

शुक्रबार दार्चुलामा भारतीय एसएसबीले तुइन काटेर नेपाली युवालाई महाकालीमा बगाइदिएको घटनाप्रति सरकारकाे समेत ध्यानाकर्षण भएको छ भने भारतसँग कुरा गर्न दबाब बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV