१५ श्रावण २०७८, शुक्रबार

काठमाडौं । आगामी चैत मसान्तसम्म सबै नेपालीलाई कोरोनाविरुद्ध खोप लगाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै गाभी कोभ्याक्समार्फत २० प्रतिशत जनतालाई १ करोड १३ लाख डोज खोप प्राप्त हुने र सबै नेपालाई चैतसम्म कोरोना खोप पहुँचमा पुर्याइने मन्त्रालयले जनाएको हो ।

हालसम्म अनुदानमा भारतबाट १० लाख डोज र नेपाली सेनाका लागि १ लाख डोज नेपाल ल्याइसकिएको छ भने खरिद गरेर १० लाख डोज र गाभी कोभ्याक्सबाट ३ लाख ४८ हजार डोज गरि कूल २४ हजार ४८ हजार कोभिडसिल्ड प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी चीनबाट २ गरि अनुदानमार्फत् १८ लाख डोज र साइनोफार्म कम्पनीबाट खरिद गरिएको ४० लाख डोज गरी ४९ गरी ५८ लाख भेरोसेल खोप ल्याइसकिएको पनि मन्त्रालयले जनाएको छ ।

साथै थप खोपका लागि चीनको सिनोफार्म कम्पनीसँग ६० लाख डोज खोप खरिदको सम्झौता अगाडि बढासकेको पनि मन्त्रालयले जनाएको छ । यसका साथै कोभ्याक्स सुविधाबाट जापान सरकारले अनुदानमा दिने १६ लाख र भारतबाट खरिद गरी बाँकी रहेको १० लाख डोज खोप प्राप्त हुँदा असोजभित्र १ करोड ८३ लाख ८२ हजार ८५० डोज प्राप्त हुने मन्त्रालयको आँकलन छ ।

कोभ्याक्सबाट लागत सहभागितामा खरिद गरी १ करोड ५० लाख डोज र १२ वर्षमाथिका बालबालिकालाई ६० लाख डोज फाइजरको खोपका लागि प्रक्रिया पनि अघि बढाएको विज्ञप्तिमा भनिएको छ ।

यसैगरी गाभी कोभ्याक्सबाट निस्शुल्क २० प्रतिशत जनसंख्याको लागि प्राप्त हुने १ करोड १३ लाख डोज पनि प्राप्त हुँदा चैत मसान्तसम्म खोप सबै नेपालीहरुको पहुँचमा पुग्ने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV