१५ श्रावण २०७८, शुक्रबार

काठमाडौं । २०७२ देखि २०७५ मा एमबीबीए अध्ययन गर्दा निजी मेडिकल कलेजबाट ठगिएका विद्यार्थीहरुले तोकिएको शुल्कभन्दा बढी बुझाएको रकम फिर्ता पाउन थालेका छन् ।

चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजले विद्यार्थीहरुबाट शुल्क ठगी गरेको प्रमाण भेटिएमा कारबाही गर्ने भनेअनुसार अभिभावकले छोरा÷छोरी विद्यालयबाट ठगिएको प्रमाणसहित शिक्षा मन्त्रालयमा उजुरी गरेपछि बुझाइएको अतिरिक्त रकम फिर्ता हुन थालेको छ ।

एमविविएस पढ्नको लागि सरकारले तोकेको भन्दा एक पैसा पनि बढी रकम लिएमा समायोजन वा फिर्ता गर्छ, सागर जोशीले भने । मैले यस विषयमा विषय सूचनाको हक प्रयोग गरी छानबिन गरेको छु, सरकारले तोकेको भन्दा एक पैसा पनि बढी लिन नपाइने रहेछ र बढी लिइएको सबै रकम उजुरी गरे फिर्ता हुने रहेछ, जोशीले भने ।

टियूले ०७३मा निजी कलेजलाई लागू हुने शुल्क तोकेको थियो जस अनुसा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले ३५ लाख मात्र लिन मिल्न थियो तर ३.६ लाख बढी लिएको रहेछ ।

आयोगको निर्णय पछि शिक्षा मन्त्रालयमा एक अभिभावकको उजुरी गरे बापत नेपाल आर्मीले बढी लिएको ३.५ लाख समायोजन गर्नु परेको छ । साथै एक जनाको उजुरीले २०७३ को न्यूनतम १०० जनाको ब्याजले नै फिर्ता पाएछन्, जोशीले भने ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV