१५ श्रावण २०७८, शुक्रबार

काठमाडौं । पुनस्र्थापना कार्य सुरु गर्नुपूर्व क्षमा माग्ने रीति अनुसार ललितपुरका स्थानीय समुदायले हिरण्यवर्ण महाविहार तथा दिगि छेँमा क्षमा पूजा गरेका छन् । काठमाडौंस्थित भारतीय राजदूतावास, केन्द्रीय आयोजना कार्यान्वयन इकाई, नेपाल सरकारका अधिकारीहरुले उक्त क्षमा पूजामा सहभागिता जनाएका थिए ।

१८.१ करोड रुपैयाँमा उक्त महाविहारको पुनर्निर्माण हुन लागेको हो । सुनौलो मन्दिरको रुपमा परिचित हिरण्यवर्ण महाविहार युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरस्थित पाटन दरबार क्षेत्रको स्मारक क्षेत्रमा अवस्थित छ ।

यो मन्दिर पाटनका बौद्घ मन्दिर विहारहरुमध्ये सबैभन्दा महत्वपूर्ण विहार हो । भूकम्पले क्षति पु¥याएका नेपालका २८ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माण र पुनस्र्थापनाका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाइसकेको छ ।

यो परियोजना पनि ती २८ वटा परियोजना भित्रमध्येकै एक हो । ललितपुर जिल्लामा सातवटा सांस्कृतिक सम्पदा परियोजनाको पुनर्निर्माण हुन लागेको छ, जसमध्ये पाँचवटा परियोजनामा पुनर्निर्माण कार्य भइरहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV