१५ श्रावण २०७८, शुक्रबार

काठमाडौं । करिब ३ वर्ष अगाडि रिलिज भएको ‘माछीले खाने खोलीको लेउ’ करिब ५ करोड पटक हेरिएको छ । सरोज ओली र मेलिना राईको आवाजमा रहेको गीतमा दिनेश थपलियाको शब्द र वसन्त सापकोटाको संगीत रहेको थियो ।

सोही गीतको दोश्रो पार्ट ‘माछीलाई खोलीको लेउ’ सार्वजनिक भएको छ । गीतमा बरिष्ठ कलाकर हरिवंश आचार्य र मेलिना राईको आवाज रहेको छ । गीतमा दिनेश थपलियाको शब्द र बसन्त सापकोटाको संगीत रहेको छ।

नरेन्द्र वियोगीले एरेन्ज गरेको गीतलाई श्याम श्वेत रसाइलीले मिक्सिङ्ग/मास्टरिङ्ग गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा हरिबंश आचार्य,
पल शाह, केकी अधिकारी र करिश्मा मानन्धर फिचर्ड छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV