१५ श्रावण २०७८, शुक्रबार

काठमाडौं । ३ करोड ६ लाख बढी जनसंख्या भएको यो मुलुक । त्यसमाथि १८ बर्षमाथिका २ करोड ३० लाख बढी छन् । १८ बर्ष जोडिएको सन्दर्भ हो कोरोनाविरुद्धको खोपका लागि । यही खोपको कुरा गर्ने हो भने हालसम्म ५० लाख हाराहारीमा नेपाली नागरिकले खोप पाएका छन् । त्यसमा पनि पहिलो डोज पाउने धेरै छन तर दोसो डोज पूरा गर्ने कम ।

सरकारले असोजसम्म थप १ करोड ५ लाख डोज खोप ल्याउने तयारी थालेको छ । त्यस्तै आगामी चैतसम्म तीन करोड डोज खोप ल्याउने दावी पनि सरकारको छ । तर यो प्रतिबद्धता पूरा गर्न अघि सरकारले देश भित्र गर्नु पर्ने तयारी पनि धेरै छ ।

हालसम्म नेपालले ९७ लाख ८२ हजार ५ सय ५० डोज खोप प्राप्त गरिसकेको छ । तर लगाउने छन ५० लाख हाराहारी मात्र । हुनत दिने क्रम पनि धमाधम नै छ तर लाइन बस्नु मात्र पर्छ सकियो खोप त भनिदिदा धेरेको मन अमिलो हुने गरेको छ । तत्कालीन केपी शर्मा ओली सरकारको लागि पनि खोप चुनौतीको विषय नै बन्यो ।

अहिले वर्तमान शेरबहादुर देउवा सरकारका लागि पनि खोप चुनौती नै बनेको छ । कोरोनाबाट हुने क्षति रोक्न र वैदेशिक रोजगारीमा गएर टन्न रेमिट्यान्स पठाउन पनि खोप नै अनिवार्य भएको छ अब । केही दाता मुलुकले खोप दिने प्रतिबद्धता जनाएका छन् । तर गएर कमाउनु पर्ने मुलुकले खोपलाई नै अनिवार्य सर्त बनाएका छन् । जस्को कारण ठूलो संख्यामा नेपालीको वैदेशिक रोजगारीको यात्रा अहिलेलाई धेरै ठाउँ ठप्प नै छ ।

सबैभन्दा ठूलो कुरो व्यवस्थापन हो । व्यवस्थापनमा पाइला पाइलामा चुक्दै आएको सरकारी निकायहरु खोपलाई पनि सुरुदेखि नै व्यवस्थित गर्न पटक्कै सकेन । जस्ले गर्दा सर्वत्र खोपको दुरुपयोग बढ्यो ।

जस्को असर हो कोभिशील्डको दोस्रो डोज नपाउनेको ठूलो संख्या । २३ दिन भित्र दोस्रो डोज दिने सहमति भएको पहिलो डोज लगाउँदा । तर ७ महिना बढी वितिसक्यो, १३ लाख ६८ हजार १ सय ७६ जना दोस्रो डोज लगाउन नपाएर स्वास्थ्य मन्त्रालयतर्फ आशाको नजर ओछयाइरहेका छन् । यही हो गल्ती, गल्तीमात्र होइन महागल्ती हो । के अब समय घर्किएर दोस्रो डोज लगाउँदा त्यस्ले शरीरमा कोरोनाविरुद्ध लड्ने काम गर्छ या गर्दैन कसैले केही बोलेका छैनन् ।

कोभिशील्डको कति संख्या भण्डारण गरेको ठाउँबाट नै हरायो या कतिलाई तथ्यांकमा गोप्यरुपमा चढाएर गोप्य नै रुपमा दिइयो । त्यस्को खुलासा होला कुनै दिन । तर कोभिशील्डमा खोपमा भएको र गरिएको गल्ती ओली सरकारको कार्यकालको विर्सनलायक पक्ष नै बन्यो । त्यसमाथि कोभिशील्ड खरिद गर्ने समयमा कमिशनको कोकोहोलो निकालेर भएको अलमल र त्यस्ले खोप खरिद गर्ने अवसर गुमेको घटना पनि नेपाली जनताले हिसाब किताबमा राखेका छन नै ।

( भिडियो )

दुरुपयोगकै चर्चा गर्दा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली एक व्यक्तिको घरमा कोरोना खोप लगाउदै गरेको भेटिएपछि स्थानीयले तत्काल विरोधमा उत्रिए । रातको समयमा मापदण्ड विपरित कोरोनाको खोप लगाएर मेयर पराजुलीले देखाएको पाराले खोपको दुरुपयोग अन्य ठाउँमा पनि नभएको होला भन्न सकिन्न ।

अहिले खुला सीमानाका कारण भारतबाट आएका वैध अवैध खोपले पनि गाउँघरका चियापसलमा समेत स्थान पाउन थालिसकेका छन् । खोप हान्ने हतारोमा यो अर्को महाभूल हुने तर्फ आम नेपालीको सचेत बन्न जरुरी छ ।

तर अब आउने र दिने खोपमा खेलवाड नहोस् । सबैलाई चाहिएको छ खोप, खोप पाउन सबै लालायित छन् । तर पुग्दो कहाँ छ र ? वैदेशिक रोजगारीमा जानेहरुलाई प्राथमिकताको आधारमा खोप दिने भनियो । तर खै त ? धेरै नेपाली खोप लगाउन नपाएर वैदेशिक रोजगारीबाट हात धुनु पर्ने अवस्थामा पुगेका छन् ।

कतिले पाएर पनि खोप लगाएको प्रमाण नपाउँदा धर्नामा बसेर सरकारलाई गाली गर्ने अवस्थामा पुर्याइएका छन् । यही हो गलत व्यवस्थापनको सन्देश । गल्तीबाट पाठ नसिक्दा आखिर चुकाउनु पर्ने जनताले नै हो । खोप उत्पादन गर्न सक्दैनौ तर खोप खरिद गर्न त सक्छौ नि । यही खरिद प्रक्रियामा तदारुकता देखाए पुग्छ । अनि अनुदानको खोप ल्याउन पनि थप सक्रियता देखाए हुन्छ ।

सम्भावित तेस्रो लहरको आक्रमण आउँने दशैको हाराहारीमा हुने चेतावनी सार्वजनिक भइसकेको छ । तर अहिले हरेक दिन संक्रमितको बढ्दो दरलाई हेर्दा आत्तिनु पर्ने अवस्था भने देखिइसक्यो । बढ्दो दरको नियन्त्रणमा बुद्धि नपुर्याए यस्ले गर्न खति ठूलो नै हुने पक्का छ । न सीमामा निगरानी नत अस्पतालहरुमा तयारी ।

सरकार नेपाली जनताको आउँने दशैं खल्लो नबनोस् । त्यसैले सबै नेपाली जनता सचेत रहौ र सतर्क बनौ । भीडभाड नगरौं, कोरोनालाई कुनै पनि ठाउँमा अवसर नै नदिऔं ।

<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/Zw4lW1DCwJ0″ title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

प्रतिक्रिया दिनुहोस्

LIVE TV