१३ श्रावण २०७८, बुधबार

काठमाडौँ । गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

गण्डकी र लुम्बिनीमा नियुक्त भएका प्रदेश प्रमुखहरु पृथ्वीमान गुरुङ र अमिक शेरचनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा भएको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवासँगै मन्त्रीहरू, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सभामुख अग्निप्रसाद सापकोटालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV