१३ श्रावण २०७८, बुधबार

एजेन्सी । भारतमा दुई राज्यका प्रहरीबीच झडप भएको छ । उक्त झडपमा कम्तीमा पाँच जनाको ज्यान गएको छ।

पूर्वोत्तर राज्यहरू आसाम र मिजोरमको सीमामा उक्त घटना भएको जनाइएको छ। बीबीसीका अनुसार मुख्यमन्त्रीसहित दुवै तर्फका अधिकारीले एकअर्कामाथि हिंसा भड्काएको आरोप लगाएका छन्।

सीमासम्बन्धी दुई राज्यबीच महिनौँदेखि जारी तनावबीच यो घटना भएको बताइएको छ ।् सीमाङ्कनको विषयमा दुवै पक्षले आआफ्नै दाबी गरेकको जनाइएको छ।

ती दाबीलाई लिएर दुवै पक्ष प्रायः झगडा गरिरहने र कहिलेकाहीँ हिंसात्मक घटना पनि हुने गरेको छ। तर दुई राज्यका प्रहरीबीच प्रत्यक्ष सङ्घर्ष भएको यो पहिलो घटना हो। भिडन्तमा मारिनेमा आसामका प्रहरी छन्।

सन् १९९४ देखि नै सङ्घीय सरकारले दुई राज्यबीच सहमतिका लागि मध्यस्थता गर्ने प्रयास गर्दै आए पनि कुनै उपलब्धि हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

LIVE TV