१३ श्रावण २०७८, बुधबार

काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज बिहीवार पनि उकालो लागेको छ । आज नेप्से १५ दशमलव ३ अङ्कले बढेर तीन हजार ९४ दशमलव ९४ विन्दुमा पुगको हो ।

आज बैंक, जलविद्युत् र उत्पादन समूहबाहेक अरू समूहको शेयर बढेको छ । आज व्यापार समूहको शेयर १६ अङ्कले, विकास बैंक समूहको ४८ अङ्कले, होटल समूहको दुई सय ५७ अङ्कले वृद्धि भएको छ । यस्तै फाइनान्स समूहको ७०अङ्कले, माइक्रो फाइनान्स समूहको ३७ अङ्कले, अन्यको २० अङ्कले, जीवन बीमा समूहको चार सय ३१ र निर्जीवन बीमा समूहको शेयर चार सय ४९ अङ्कले बढेको छ ।

आज दुई सय १९ कम्पनीका दुई करोड ८१ लाख कित्ता शेयर १३ अर्ब २९ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै युनाइटेड मर्दी हाइड्रोको ३८ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज शेयर सबैभन्दा धेरै १० प्रतिशतका दरले बढेकाहरुमा नारायण विकास बैंक, चन्द्रागिरि हिल्स र मल्टिपर्पोज फाइनान्स छन्। तर पञ्चकन्यामाई हाइड्रोको शेयर पाँच प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV