१३ श्रावण २०७८, बुधबार

काठमाडौँ । राष्ट्रिय सभाका सांसद देवेन्द्र दाहालले कांग्रेस नेतृत्वको सरकारले गरेको नियुक्तीबाट  सरकार कता जादै छ भन्ने देखिएको बताएका छन् ।

आजको बसेको राष्ट्रिय सभामा बोल्दै सांसद दाहालले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई जनादेशको सरकार भन्न नसकिने बताए । उनले बैठकमा बोल्दै उनले सरकारले सुरुमा नै गरेको काम र प्रधानमन्त्रीको अभिव्यक्ति देख्दा सत्ताको दुरुपयोग गरेर अदालतलाई प्रभाव पारेको भ्रष्टलाई उन्मूक्ति दिन तयार देखिएको आरोप लगाए ।

विजयकुमार गच्छदारको धरौटी रकमबारे प्रश्न उठाउँदै उनले विगो रकमको पनि कम रकममा कसरी उनलाई उन्मुक्ति दिइयो भन्ने प्रश्न राखे ।

दाहालले भने, विषम परिस्थितिमा बनेको सरकारले हालसम्म पूर्णता पाउन नसकेको विषयमा प्रश्न उठाए । साथै उनले बल्लबल्ल नियुक्ति भएका राज्यमन्त्री र योजना आयोगमा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीमतीका बिजनेस पार्टनरलाई नियुक्ति गरिएको छ,’, यसबाट पनि सरकारको मूल्याङ्कन गर्न सकिन्छ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV