१३ श्रावण २०७८, बुधबार

काठमाडौं । विगत पाँच वर्षदेखि प्राइभेट कम्पनीको रुपमा इन्टरनेट सेवा प्रदान गर्दै आएको यस लुप नेटवर्क प्रा.लि. पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । कम्पनीले दुई वर्षभित्र सर्वसाधारणका लागि समेत प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने गरी कम्तीमा एक अर्ब रुपैयाँ लगानी गर्ने योजना अघि बढाएको छ ।

कम्पनीले यस्तो लगानी पाँच वर्षभित्र गरिसक्ने छ । लुप नेटवकले आक्रामक बजार विस्तारको रणनीतिका आउँदो पाँच बर्षभित्र नम्बर वान आईएसपी (इन्टरनेट सेवा प्रदायक) बन्ने लक्ष्य लिएको जनाइएको छ ।

अहिलेको ग्राहक आधारलाई पनि गुणात्मक रुपमा वृद्धि गरी पाँच बर्षभित्र एकदेखि डेढ लाख ग्राहक आधार पुर्याउने लक्ष्य रहेको बताइएको छ । अहिले लुप नेटवर्कको फाइबरनेट सर्भिस काठमाडौंसहित नवलपरासी, धनुषालगायतका स्थापनामा विस्तार भएको छ ।

उक्त जिल्लामा लुप नेटवर्कको ठूलो उपस्थिति रहेको र पूर्वमा समेत विस्तार हुने क्रममा रहेको बताइएको छ । प्रदेश ५ को बर्दघाटदेखि भुमई हुँदै परासी र आसपासका क्षेत्र, भैरहवा, प्रदेश २ को ढल्केबर, जनकरपुर, जलेश्वरमा लुप नेटवर्कको राम्रो उपस्थिति रहेको बताइएको छ ।

पूर्वमा विराटनगर, दमक, उर्लाबारीलगायतका क्षेत्रमा पनि सेवा विस्तार भइरहेको जानकारी गराइएको छ । शहरभन्दा ग्रामिण क्षेत्रमा बढी सेवा दिइरहेकोले अब शहर र ग्रामिण क्षेत्र दुवैमा प्रतिस्पर्धी ढंगले सेवा विस्तार गरिने बताइएको छ ।

इन्टरनेट सेवासँगै नेट टीभीसमेत उपलब्ध गराउँदै आएको लुप नेटवर्कले आगामी दिनमा आफ्नै टेलिभिजन सेवाको आधार तयार गर्ने कुरामा पनि गृहकार्य गरिरहेको छ । त्यो नहुँदासम्म नेट टीभीसँगको साझेदारीमा कम्पनीले टेलिभिजन सेवा दिने जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV