१३ श्रावण २०७८, बुधबार

एजेन्सी। अमेरिकाका एक कोरोना संक्रमित २०३ दिनपछि डिस्चार्ज भएका छन् ।

अमेरिकाका सिन हन्ट कोरोना संक्रमित अस्पताल भर्ना भएका २०३ दिनपछि डिस्चार्ज भएका हुन् । ५८ वर्षीय उनको नोर्फोल्क र नोर्विच अस्पतालमा उपचार गरिएको थियो । उपचारको क्रममा उनले आधाभन्दा धेरै समय आईसीयूमा बिताएका जनाए।

मधुमेह र प्यांक्रियाटिटिजको समस्या देखिएको उनी गत जनवरीमा बिरामी परेका थिए । उनी अस्पतालमा सबैभन्दा लामो समय बस्ने बिरामी थिए । उनलाई परिवारले आशा मारिसकेका थिए । डाक्टरहरुले पनि उनी नबाँच्ने बताएका थिए ।

हन्टले पनि आफूलाई अब बाँचिदैन भन्ने लागेको बताएका थिए । प्यांक्रियाटिटिजको उपचारको क्रममा सातपटक उनको अपरेसन गरिएको थियो । उनको शरीरका धेरै अंगहरुले काम गर्न छाडिसकेको र दुईवटा रोग एकै समय लागेकाले उनको बाँच्ने सम्भावना निकै कम देखिएको उपचारमा संलग्न डाक्टरले बताएका छन् । तर, डाक्टरहरुले आफ्नो तर्फबाट प्रयास भने जारी राखेका थिए ।

हन्ट शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन् । उनलाई हाल हिँड्नको लागि कसैको सहारा चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV