१३ श्रावण २०७८, बुधबार

काठमाडौँ । राष्ट्रियसभा सदस्य रामनारायण विडारीले सासदमा पटक- पटक परमादेशबाट बनेको सरकार भन्ने शब्द प्रयोग गरेको विषयमा  टिप्पणी गरेका छन् । उनले सर्वोच्चकाे परमादेशबाट नै संसद पुनःस्थापना भएको कुरा स्मरण गराउदै सांसदहरुपनि परमादेशबाट नै बनेको बताएका हुन् ।

राष्ट्रियसभाको आजको बैठकमा बोल्दै उनले सांसदहरुलाई सरकारलाई परमादेशबाट बनेको सरकार भनेर पटक-पटक बोल्दा आफुहरु पनि परमादेशबाटै बनेको सांसद हुँ भन्ने नबभुल्न सुझाव दिएका छन् ।

विशेष समयमा बोल्दै उनले,  ‘परमादेशबाटै अधिकार र सुविधा ‘ग्वाम ग्वाम’ लिने, ‘ख्वाम ख्वाम’ खाने अनि परमादेशलाई नै श्राप दिने ?,  अनि परमादेशका विषयमा यति धेरै चर्चा गर्ने ? भन्दै सांसदहरुलाई प्रश्न गरे ।

सांसदहरुले परमादेशबाट नियुक्त भएको प्रधानमन्त्री भनेपछि सांसद बिडारीले  प्रधानमन्त्रीको नियुक्ती  राष्ट्रपतिले नै  गरेको उल्लेख गरे ।  उनले भने,  राष्ट्रपतिले  नियुक्त गरेको प्रधानमन्त्रीलाई समेत  परमादेशले नियुक्त गरेकाे भनेर राष्ट्रपतिको कामलाई नदेख्ने सांसदहरुले नै राष्ट्रपतिको कामको वेइच्जत गरेकाे बताए । साथै उनले,  प्रधानमन्त्री नियुक्तीकाे विषयामा  नियुक्ती पत्र हेर्न सांसदहरुलाई आग्रह गरे ।

परमादेशबाट नै विभिन्न दलहरु खडा भएको उल्लेख गर्दै उनले भने, त्यही दलमा बसेर ‘बुलुक्क बुलुक्क’ उफ्रिदै संसारमा सबैले मान्ने परमादेशको खिल्ली उडाउने भन्दै प्रश्न गरे ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV