१३ श्रावण २०७८, बुधबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हस्ताक्षर दुरुपयोग गर्दै  बिज्ञप्ति सार्वजनि गरिएको छ ।

नेकपा माओवादी केन्द्रको निर्णय भन्दै ६ बुँदे नक्कली निर्णय समेत सार्वजनिक गरिएको हो ।  माओवादी केन्द्रकै एक सांसदलाई न्यूज २४ ले यस बिषयमा सोध्दा उक्त बिज्ञप्ति पार्टीको आधिकारिक नभएको बताए । उनले कुनै उच्छृङ्कल गिरोहले उक्त हर्कत गरे हुनसक्ने बताए ।

उक्त बिज्ञप्तिमा आज साँझ बसेको बैठकको निर्णय भन्दै साउन १३ गतेको मिति राखिएको छ । उक्त बिज्ञप्ति कसले जारी गरेको भन्ने खुल्न सकेको छैन ।

अध्यक्ष प्रचण्डको हस्ताक्षरसँगै माओवादी केन्द्रको छापको पनि दुरुपयोग गरिएको छ ।

यस्तो छ हस्ताक्षर दुरुपयोग गरेर निकालिएको बिज्ञप्ति

प्रतिक्रिया दिनुहोस्

LIVE TV