१२ श्रावण २०७८, मंगलवार
  • हरि शंकर शर्मा,

वीरगञ्ज । पर्साको पकाहामैनपुर गाउँपालिका–१ का अध्यक्षसहित ३ जना ७९ ग्राम लागूऔषध खैरो हेरोइन सहित पक्राउ परेसँगै यो घटनाले विगत २ साता यता चर्चा पाइरहेको छ ।

पक्राउ परेका अभियुक्तलाई छुटाउन ईलाका प्रहरी कार्यालय पोखरीयामा राजनीतिक दलका नेताहरुले दबाब दिनुका साथै ठूलै चलखेल भएपछि आज साँझ अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा ल्याइएको छ ।

पक्राउ परेका अभियुक्तलाई छोडाउन लगातारको दबाब थेग्न नसकेपछि इलाका प्रहरी कार्यालय पोखरीयाबाट वडा अध्यक्ष अम्बिका सहनीसहित ३ जनालाई आज साँझ जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।

अभियुक्तहरुलाई अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको खनालले बताए । खैरो हिरोइन प्रकरणमा वडा अध्यक्ष अम्बिका सहनीसहित बलिस्टर सहनी र रामअदेश सहनीलाई पक्राउ गरिएको थियो ।

वडा अध्यक्ष सहनीले सरकारी मोटरसाइल प्रयोग गरी खैरो हिरोइनको कारोबारमा संलग्न भएको बेला प्रहरीले साउन ३ गते राति रङ्गेहत पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV