१२ श्रावण २०७८, मंगलवार

काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिक २०२० को स्वीमङ खेल प्रतिस्पर्धामा पौडीबाज एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) राष्ट्रिय कीर्तिमान बनाएका छन् । उनले १०० मिटर फ्रि–स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

एलेक्सले १०० मिटरको दूरी ५३.४१ सेकेन्डमा पूरा गरेर राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् । अन्य ६ प्रतिस्पर्धीृ खेलाडीलाई पाखा लगाउँदै एलेक्सले नयाँ कीर्तिमान कायम गर्न सफल भए ।

प्रतिस्पर्धामा एलेक्सले प्रथम स्थान हासिल गरे तापनि अन्य हिटमा रहेका उत्कृष्ट खेलाडीले उनीभन्दा राम्रो समयको नतिजा निकालेसँगै एलेक्सको सेमिफाइनल प्रवेश भने रोकिएको छ ।

हिट वानमा उनीसँगै भुटान, कोसोभो, माल्दिभ्स, सोलोमोन आइल्याण्ड, गुयना र प्यालेस्टिाइनका खेलाडी रहेका थिए । पौडीबाट महिलातर्फ नेपाली खेलाडी गौरिका सिंहले बुधबार प्रतिस्पर्धा गर्दै छिन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV