१२ श्रावण २०७८, मंगलवार

काठमाडौं । टोकियो ओलम्पिकमा जारी खेलमा जापानले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । चौँथो दिनको खेल सकिँदा पदक तालिकामा जापानले पहिलो स्थानमा रहेको छ ।

अहिलेसम्म जापानले १० स्वर्ण तीन रजत र पाँच काश्य सहित कुल १८ पटक जितेको छ । जापानपछि दोस्रो पदक तालिकाको स्थानमा अमेरिका रहेको छ ।

अमेरिकाले अहिलेसम्म नौ स्वर्ण, आठ रजत र आठ कास्य गरी कूल २५ पदक जितेको छ । तेस्रो स्थानमा रहेको चीनले नौ स्वर्ण, पाँच रजत र सात कास्य गरी कूल २१ पदक जितेको छ ।

चौँथो स्थानमा रसियया रहेको छ । हालसम्म रसियाले सात स्वर्ण सात रजत र चार कास्यसहित कूल १८ पदक हातट पारेको छ।

पाँचौ स्थानमा रहेको बेलायतले अहिलेसम्म चार स्वर्ण, पाँच रजत र चार काश्यक जितेको छ भने छैटौँ स्थानमा दक्षिण कोरियाले तीन स्वर्ण, ३ रजत र ५ कास्य गरी १० पदक हात पारेको छ ।

हालसम्म कूल पदक जित्ने देशको संख्या ५६ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV