१२ श्रावण २०७८, मंगलवार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई जना प्रमुखलाई पदमुक्त गर्नुभएको छ । गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गरिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले दुवैलाई पदबाट मुक्त गरेर पौडेलको स्थानमा पृथ्वीमान गुरुङ र यादवको स्थानमा अमिक शेरचनलाई नियुक्त गर्न सिफारिस गरेको थियो ।

​नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम देहाय अनुसारका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरिएको उल्लेख छ ।

साथै, मन्त्रिपरिषद्ले पृथ्वीमान गुरुङलाई गण्डकी र अमिक शेरचनलाई लुम्बिनी प्रदेश प्रमुखको रुपमा नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV